दफा
कारागारको स्थापना
(१) नेपाल सरकारले आवश्यकता अनुसार कारागारको स्थापना गर्न सक्नेछ।

(२) उपदफा . (१) बमोजिम स्थापना हुने कारागारलाई सुरक्षा संवेदनशिलता, भौतिक पूर्वाधार, व्यवस्थापन क्षमता, प्रशासनिक सुगमता र भौगोलिक अवस्थिति समेतका आधारमा नेपाल सरकारले सङ्घीय कारागार वा प्रदेश कारागारको रुपमा तोक्नेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुला कारागार वा विशेष कारागारको रुपमा स्थापना भएका कारागार स्वतः सङ्घीय कारागारको रुपमा रहनेछन्‌। (४) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका कारागारलाई उपदफा (१) मा उल्लिखित आधारमा नेपाल सरकारले सङ्घीय कारागार वा प्रदेश कारागारको रुपमा तोक्नेछ।